नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुलमा विप्लव नेकपाको ताला

छिनोफानो   बुधबार १४, पुष २०७८ ११:२३

दार्चुला । नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुलमा एकाबिहानै नेपाल कम्युनिष्ट पार्टी (विप्लव)दार्चुलाले ताला लगाएको छ । 

नेपालप्रति भारतीय हेपाहा प्रवृति ज्यादै बढेको भन्दै कार्यकर्ताहरुले बुधवार पुलको नेपालतर्फको गेटमा ताला लगाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) दार्चुलाका सचिव भरत मल्लका अनुसार बिहान सात बजेतिर पुलमा ताला लगाइएको हो । भारतीय बजारमा नेपाली रुपैयाँ अवमूल्यन, भारतीय सुरक्षाकर्मी र भन्सार कार्यालयले नेपालीलाई अनावश्यक दुःख दिने गरेको र दुबै देशको सहमतिमा सीमा नदीमा तटबन्ध निर्माण गर्नुपर्ने भएतापनि एकलौटी पुनः नदीमा तटबन्ध निर्माण गर्न उद्धत देखिएको भन्दै पार्टीले विज्ञप्ती नै निकाली विरोध गरेको छ ।
उक्त विज्ञप्ती विप्लवले पुलको मूल ढोकामै टाँसेको छ । 

बिहान विप्लवले ताला लगाएपनि पुल खुल्ने समयमा प्रहरीले उक्त ताला तोडेको थियो । अहिले पुलमा नियमित आवतजावत भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु