पाँचथर फालेलुङमा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति

छिनोफानो   बुधबार १४, पुष २०७८ ११:४६

पाँचथरको फालेलुङ गाँउपालिका-३ ताङ्लेपामा आगलागी भएको छ । गए राति भएको आगलागीबाट स्थानीय पूणर्बहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका छन् ।

घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु