डिलाइट सास्कृतिक साँझको तयारी पूरा

छिनोफानो   बुधबार १४, पुष २०७८ ०४:५७

धनगढीमा हुने डिलाइट सास्कृतिक साँझको तयारी पूरा भएको छ । बर्ष भरीको सबै भन्दा लामो रात भनेर चिनीने पौष १५ लाई लक्षीत गर्दै द डिलाइट क्याफेको आयोजनामा कला सास्कृति खानपिन, भेषभुषा र मौलीक परम्परालाई जर्गेन गर्न तथा आन्तरिक पर्यटन विकासमा प्रोत्साहन हुनेगरि कार्याक्रमको आयोजना हुने भएको हो ।
धनगढीको द रिद्धीसिद्र्धी प्यालेस सम्पन्न हुने उक्त कार्यक्रममा थारु समुदायका विविध साँस्कृतिक कार्यक्रम नृत्य, गायन, स्थानीय भाषका हाँस्य टेलिरियलको शो का साथै थारु समुदायका  राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती  रहने छ ।
सुदूरपश्चिम का भाषा संस्कृति तथा गीतको बोली संग सरोकार राख्ने चिजवस्तुको संग्रह गरि संग्रहालयको लागी पहल गर्न कार्यक्रको आयोजना गरीएको कार्यक्रमका संयोजक अविशेक चन्दले बताउनु भएको छ । विशुद्ध पारिवारिक र शान्त वातावरणमा बिहीवार साँझ ५ बजे बाट १० बजे सम्म आयोजना हुने छ ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु