जनपत्रकार संगठन नेपाल वैतडी संयोजकमा :विष्ट

छिनोफानो   बुधबार १४, पुष २०७८ ०५:४८

 वैतडी: 

जनपत्रकार संगठन नेपालको आयोजनामा वैतडी जिल्लामा पुस्कल विष्टको संयोजकत्वमा ५ सदस्य आयोजक समिति गठन गरेको छ ।

सो आयोजक समितिले बुटवलमा माघ ११,१२ र १३ गते हुने चौँथो राष्ट्रिय सम्मेलनलाई सफल गर्न तिव्रताको साथ लाग्ने र राष्ट्रिय सम्मेलन भैसकेपछि निकट भविश्यमा जिल्ला भेला गर्ने र समाजमा भएको विकृति र विसंगतिको भण्डाफोर गर्ने निर्णय समेत गरेको छ ।

सो गठन प्रक्रियामा नेपाल कम्युनिस्ट पार्टी वैतडी सेक्रेटरी राम सिंह कुवँर,जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापा र अखिल (क्रान्तिकारीं) वैतडी जिल्ला अध्यक्ष सुरेन्द्र धामीको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु