माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज पनि बन्द सत्र

छिनोफानो   बिहिबार १५, पुष २०७८ १२:४७

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज पनि बन्द सत्र जारी छ । अध्यक्ष प्रचण्डले सोमबार पेस गरेको राजनीतिक प्रतिवेदनमा गरिएको समहूगत छलफलमा प्राप्त सुझाव पेस गर्ने सिलसिला आज पनि जारी रहने भएको हो ।

२५ समूहमध्ये हिजो बुधबार ११ वटाले आफ्ना सुझाव प्रस्तुत गरिसकेका छन् । अब आज बाँकी १४ समूहले आफ्ना सुझाव पेस गर्दैछन् । बिहान ११ बजे समूहगत सुझाव प्रस्तुतीकरण शुरु भइसकेको छ ।

सुझाव पेस गरेपछि स्थायी समितिका सदस्यले पनि छुट्टै सुझाव दिनेछन् । यो चरण सकिएपछि आजै नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गर्ने तयारी गरिएको माओवादी केन्द्रको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु