सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज र केशवलाललाई थुना, अरुलाई धरौटीमा छाड्न आदेश

छिनोफानो   बिहिबार १५, पुष २०७८ ०१:०३

 साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि यस्तो आदेश भएको हो । करिब एक सातासम्म भएको बहस र प्रतिवादीसँग बयानपछि अदालतले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो ।

बहसपछि पक्राउ परेका १२ सहित ४२ जनालाई थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने भन्ने निणर्य दिने क्रममा अदालतबाट यस्तो आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु