कैलालीमा प्रथम राष्ट्रिय सेभन साइड भेट्रोन फुटबल प्रतियोगिता आयोजना हुने

राजन जैगडी   बिहिबार १५, पुष २०७८ ०४:३०

कैलालीको गोदावरी नगरपालीका ८ जोनापूरमा स्वक्ष जिवन सभ्य समाज भन्ने मूल नारा का साथ प्रथम राष्ट्रिय सेभन साइड भेट्रोन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गिन्रल्याण्ड पार्क विकास समितीले आयोजना गरेको प्रतियोगिता पौष १७ गते देखी २० गते सम्म सञ्चालन हुने भएको हो

प्रतियोगितामा ८ टिम सहभागी हूने छन् ।प्रतियोगितामा प्रथमलाई  १ लाख रुँपया ,द्धतिय लाई ५० हजार , उत्कृष्ट खेलाडीलाई  ५ हजार ,  उत्कृष्ट गोल रक्षकलाई ५ हजार , सर्वाधिक गोलकर्तालाई ५ हजार , प्रत्यक खेलमा म्यान अफ द म्याच लाई २ हजार परुस्कार को व्यवस्था रहेको छ ।

प्रतियोगितामा देश भरका आठ ओटा टिममा चालिस बर्ष उमेर कटेका राष्ट्रिय तथा स्थानिय खेलाडी बिच प्रतिस्प्रर्धा हुनेछ । प्रतियोगितामा १० हजार प्रवेश शुल्क काएम गरिएको छ । खेल एन्फाको रेफ्रिद्धारा खेलाईने र प्रदेश बाहीर बाट आउने टिमलाई खान बस्नको व्यवस्था रहेको आयोजक समिती का अध्यक्ष भोपाल प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु