धनगढीमा ९औँ राष्ट्रिय पोल्ट्री दिवस मनाईने

राजन जैगडी   शुक्रबार १६, पुष २०७८ ०१:५०

धनगढीमा ९औँ राष्ट्रिय पोल्ट्री दिवस मनाईने भएको छ । पोल्ट्री दिवसमा कुखुराजन्य उत्पादनको कारोबार गर्नेहरुले प्रभातफेरी सहित धनगढीमा विशेष समारोह सहित यो दिवस ९औँ पटक मनाउन लागिएको हो ।

पोल्ट्री क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि चितवन सहित देशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी पोल्ट्री दिवस मनाउन लागिएको हो । जिल्ला सदरमुकाम धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै पोल्ट्री क्षेत्रलाइ प्रर्वद्धन गर्न र ९औँ राष्ट्रिय पोल्ट्री दिवसलाई सभ्य र भव्य रुपमा यहि पौष १७ गते मनाउनको लागिएको हो । अण्डा उत्पादन व्यवसायको केन्द्रको रुपमा परीचित बनाई अण्डा उत्पादक व्यवसायको समय विकाश र प्रवद्र्धन गर्न व्यवसायिक उत्पादकहरुको संगठित संस्थाले युवाहरु लाई प्रोत्सान गरेको नेपाल अण्डा उत्पादक संघ अध्यक्ष शिवराम के.सी.बताए ।

व्यावसायिक अण्डा उत्पादक र वितरकहरु बिच भाइचाराको सम्बन्ध कायम राख्दै यस व्यवसायलाई अरु बढि व्यावसायिक बनाउने । छरिएर रहेको अण्डा बजारलाई एकिकृत गर्दै संगठित अण्डाको बजार विकाश गर्ने कैलालीका कुखुरा तथा अण्डा उत्पादक किसान संघ जिल्ला अध्यक्ष भुवन पाण्डेय ले बताए । अण्डा उत्पादन व्यवसायको केन्द्रको रुपमा परीचित चितवनलाई केन्द्र बनाई अण्डा उत्पादक व्यवसायको समय विकाश र प्रवद्र्धन गर्न व्यवसायिक उत्पादकहरुको संगठित संस्था स्थापना गर्ने उद्देश्यले २०५६ सालमा नेपाल अण्डा उत्पादक संघको स्थापना भएको हो ।

हाला देशका बिभिन्न भागमा रहेका अण्डा उत्पादकहरुको पेशागत हक हित र विकासका लागि क्षेत्रिय र जिल्लास्तरीय शाखाहरु गठन गरीएका छन् भने नेपाल अधिराज्यकभरका बिभिन्न जिल्लाहरुमा छरीएर रहेका अण्डा उत्पादकहरुलाई पनि सदस्यको रुपमा संगठित पारिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु