नवलपरासीमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

छिनोफानो   शनिबार १७, पुष २०७८ ०४:३२

नवलपरासीमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा नवलपुरको मध्यबिन्दु-१२ की स्थानीय ३९ वर्षीया बरिसा सारु रहेकी छन् ।

शुक्रबार बिहान घर नजिकैको जंगलमा साग टिप्न गएको बेला सारुलाई बाघले आक्रमण गरेको हो । उनीसँग साग टिप्न गएका अन्य भने ज्यान जोगाउन सफल भए ।

गएको मंसिरमा नवलपुरको विनयी त्रिवेणीमा बाघको आक्रमणमा परी एक जनाले ज्यान गुमाएका थिए ।

बाघको आतंक बढेको भन्दै त्रिवेणी गाउँपालिकाले केही दिनअगाडि मात्र सार्वजनिक सूचना जारी गरी वनमा नजान आग्रह गरेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु