धनगढीमा जुवा तास खेली रहेको अवस्थामा प्रहरीले ७ जना लाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यलय धनगढीका प्रमुख गौरी प्रसाद जैसीको कमाण्डमा खटियको टोलीले ४२ हजार ६ सय ८५ नगद तथा रमेश कठरियाको नामको रु २५ हजारको चेक चेक सहित ७ जना लाई पक्राउ गरेको हो ।
बिषेश सुचनाको आधारमा खटियको प्रहरीको टोलीले धनगढी उप महानगरपालीका ८ बस्ने टेकराज खनालको घरमा तास खेलीरहेका ७ जना लाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गौरी गंगानगरपालीका का भुमिराम चौधरी,अरबिन चौधरी,रमेश कठरिया ,ज्ञानेन्द्र कठायत तथा कैलाली गाउपालीका का भिक रामराम चौधरी सोही गाउपालीका बस्ने टेक बहादुर साँउद र घरमालीक टेकराज खनाल लाई प्रकाउ गरेको वडा प्रहरी कार्यलय धनगढीका प्रमुख गौरी प्रसाद जैसीले बताए ।
पक्राउ परेका लाई आवश्यक छानबिनका लागी जिल्ला प्रहरी कार्यलय कैलालीमा राखीयको जैसीले बताए ।
प्रतिकृया दिनुहोस