धनगढी । धनगढीबाट मुम्बैका लागि टिकट काटेका यात्रुहरु भारतको पलियामा अलपत्र परेका छन । धनगढी बसपार्कमा रहेको नेस्नल होटलमा रहेको टेडि टुर एण्ड ट्राभल्स प्रा.लि बाट टिकट लिएका यात्रु शनिबार बेलुका देखि पलियामा अलपत्र परेका हुन ।
धनगढी बाट बस जाने भनेर पलिया पुगेका यात्रुहरुलाई पलियामै छोडेर संचालक सम्पर्कमा न आयको पलियाबाट यात्रु राज भण्डारीले बताए । शनिबार बेलुका देखि आफू लगायत ४ जना पलियामा अलपत्र अवस्थामा रहेको उनले बताए । पलियामा मुखले बोल्न नसक्ने र आफ्नो घर ठेगाना बताउन नसक्ने एक वृद्धलाई समेत ट्राभल्सका कर्मचारीले अलपत्र पारेको भण्डारीले छिनोफानो डटकमलाई जानकारी दिए ।
यता टेडि टुर एण्ड ट्राभल्स प्रा.लिका संचालक संतोष शाहिले एक जना यात्रु छुटेको स्विकार गरेका छन । उनले भने हामीले राती १२ बजे सम्म उहाँलाई खोज्दा समेत उहाँ लाई सम्पर्क नहुदा छुटेको स्वीकार गरेका हुन ।
शाहिले अन्य यात्रु भने नछुटेको बताउदै मुखले बोल्न नसक्ने यात्रुको टिकट आफ्नो समितीले नकाटेको र उनी आफ्नो प्यासेन्जर नभएको बताए । आफुहरुको लिष्टमा छुटेका लाई आज सुरक्षीत रुपमा लिएर जाने उनले प्रतिबद्धता जनाए । आफुहरुको प्यासेन्जर लाई दु:ख दिने कुनै नियत नभएको बताउदै शाहिले भने अन्य यात्रु गन्तव्य मा जानु र एक जना मात्र छुट्नु यात्रुको समेत कमजोरी रहेको बताए ।
प्रतिकृया दिनुहोस