महोत्तरीमा एक युवा मृत फेला

छिनोफानो   आइतबार १८, पुष २०७८ ०९:२४

पूूर्व पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने गौशालाचोक नजिकै करिब ३० वर्षीय युवा मृत फेला परेका छन् । अक्षर सङ्केत उडेको ८३४२ नम्बर देखिने मोटरसाइकल शव नजिकै लडेको भेटिँदा सो सडक दुर्घटना घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको छ ।

मृत व्यक्ति जिल्लाकै गौशाला नगरपालिका-१ चिनीमिल चोकका कृष्णप्रसाद दाहाल रहेका पहिचान भएको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए । आज साँझ ५ बजेतिर घटना भएको अनुमान प्रहरीले गरेको छ । राजमार्गमा युवालाई लडेको देखेपछि नजिकको सशस्त्र प्रहरी बिटका सशस्त्र प्रहरीले घाइतेलाई शुभस्वस्तिक अस्पताल बर्दिवास पुर्‍याएका थिए ।

अस्पतालका चिकित्सकले घाइतेको मृत्यु भइसकेको पुष्टि गरेपछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने तयारी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । मृतकका परिवारजन सम्पर्कमा आइसकेका र अब घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सिंहले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु