इन्सपेक्टर भन्दै हिड्ने ब्यक्ती लागुऔषध सहित कञ्चनपुरबाट पक्राउ

छिनोफानो   आइतबार १८, पुष २०७८ ०३:५७

इन्सपेक्टर भन्दै हिड्ने धनगढी उपमहानगरपालिका ७ का ब्यक्ती लागुऔषध सहित कञ्चनपुरबाट पक्राउ परेका छन् । उनीहरु २ जना अनुसन्धानको इन्सपेक्टर भन्दै हिड्ने धनगढी उपमहानगरपालिका ७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई लागुऔषधसहित पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पुनर्वास नगरपालिका–१० को दोदापुलबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले उनीसंगै मोटरसाइकलमा सवार २८ वर्षीया रितु भण्डारीलाई  पक्राउ गरेको छ। उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। उनीहरू सवार से३प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।विष्टका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसया बजारबाट लागुऔषध खरिद गरेर ल्याएको बुझिएको छ।उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु