निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ

छिनोफानो   सोमबार १९, पुष २०७८ ०८:३५

निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि अली थरका एक भारतीय नागरिकलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार निर्मलाको शव भेटिएको क्षेत्रमा अलीका बुवाले तरकारी खेती गर्दै आएका थिए । प्रहरी अनुसन्धानले घटना भएको बेला अली नेपालमै रहेको पाइएको ती उच्च प्रहरी अधिकारीले बताए ।

‘अली हाम्रो शंकामा घेरामा थिए । घटनापछि उनी भारत गएका थिए । अहिले नेपाल आएपछि अनुसन्धानका लागि उनलाई हामीले नियन्त्रणमा लिएका हौं । अनुसन्धान जारी छ’, ती अधिकारीले भने । उनका अनुसार अलीको डीएनए परीक्षणका लागि पठाइएको छ । ०७५ साउन ११ गते निर्मलाको शव भीमदत्त नगरपालिकाको एक उखुबारीमा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु