कोरोना महामारिका कारण स्थगित  रहेको सुदूरपश्चिम महोत्सवको१५ औं संस्करण आयोजना हुने

राजन जैगडी   सोमबार १९, पुष २०७८ ०४:५२

कैलालीमा सुदूरपश्चिम मोहोत्सव २०७८ आयोजना हुने भएको छ । बिगतका  केही वर्ष कोरोना महामारिका कारण स्थगित  रहेको सुदूरपश्चिम महोत्सव यस वर्ष माघ महिनाको १८ गते देखी २९ गते सम्म सञ्चालन हुने भएको हो ।
कैलाली उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिम मोहोत्सवको १५ औं सस्करणको तयारी अगाडी बढाएको जानकारी दिएको छ ।  सुदूरपश्चिम महोत्सवमा अनुमानित १ करोडको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने जनाएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरी ४ सय भन्दा बढीको संख्याको स्टलहरू रहनेछन् । 
महोत्सवमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर राज कुँवरले जानकारी दिए ।
यस्तै महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मूल समिति सहित २१ उप समिति समेत गठन गरेको हो । यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुने स्थान तोकिएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु