युनियन लाइफ इन्स्योरेन्स धनगढी शाखा द्वारा मृत्यु दावी भुक्तानी

राजन जैगडी   सोमबार १९, पुष २०७८ ०६:५९

कैलालीको धनगढी उपमहानगरपालीका ३ का रामदास राना को परिवारलाई युनियन लाइफ इन्स्योरेन्स धनगढी शाखा द्वारा मुत्यु दावी भुक्तानी गरेको छ ।  

रानाकी आमाको केहिदिन अघि असामहिक निधन भएको थियोे । सोमबार इन्स्योरेन्स को धनगढी शाखाका साखा प्रमुख भोजराज सोडारी द्वारा मृतका परिवारलाई २ लाख १४ हजार ४ सय बरावर को चेक हस्तान्तरण गरेका हुन् ।

धनगढी स्थीत युनियन लाइफ इन्सोरेन्स बाट मृतक बत्व रानाले एक वर्ष अघि दुई लाख बिमान्कन बराबरको जीवन बिमा गर्नु भएको थियो  । गत मंसिर  २१ गते रानाकी आमाको उपचारका क्रममा निधन भयो । आमाको मुत्यु पश्चात रानाले युनियन लाइफ इन्सोरेन्समा मृत्यु दावी भुक्तानीका लागी निवेदन दिएका थिय ।
इन्सोरेन्सले बिमा वाफतको २ लाख १४ हजार चार सय बराबरको चेक मृतक रानाका छोरा रामदास रानालाई हस्तानतरण गरेको  हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु