पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि,२६३ जना निको भए: ३ जना को मृत्यु

छिनोफानो   मङ्गलबार २०, पुष २०७८ ०४:५९

 नेपालमा पछिल्लो २४ घण्टामा ९,३२९ जनाको स्याम्पल परीक्षण गर्दा ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ ।
देशमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । खोप अभियान शुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूणर् डोज खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु