विश्वभर २५ लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिए

छिनोफानो   शुक्रबार २३, पुष २०७८ ०९:५५

विश्वभर बिहीबार २५ लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ६ हजार ८ सय भन्दा बढीको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा ७ लाख ५१ हजार ५१२ संक्रमित थपिएका छन् । २ हजार १९८ जनाको ज्यान गएको छ । फ्रान्समा २ लाख ६१ हजार ४८१ जना संक्रमित थपिँदा २०४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १९ हजार ४४१ जनालाई संक्रमण हुँदा १९८ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ७९ हजार ७५६ जना संक्रमित थपिँदा २३१ जनाको ज्यान गएको छ ।

भारतमा १ लाख १४ हजार ४८४ जना संक्रमित थपिँदा ३५ जनाको ज्यान गएको छ । अर्जेन्टिनामा १ लाख ९ हजार ६०८ जना संक्रमित थपिँदा ४० जनाले ज्यान गुमाएका छन् । टर्कीमा ६८ हजार ४१३ जना संक्रमित थपिँदा १५६ जनाको मृत्यु भएको छ । जर्मनीमा ५६ हजार ७८७ जना संक्रमित थपिँदा ३०५ जनाको ज्यान गएको छ ।

त्यस्तै रुसमा १५ हजार ३१६ जना संक्रमित थपिएकामा मृतक भने बढी नै छन् । जहाँ ८०२ जनाको ज्यान गएको छ । पोल्याण्डमा १६ हजार ५७६ संक्रमित थपिएकामा ६४६ जनाको ज्यान गएको छ । क्यानडामा ३९ हजार ७५२ जना संक्रमित थपिँदा ५७ जनाको ज्यान गएको छ । भियतनाममा १६ हजार ४७२ संक्रमित थपिँदा १६९ जनाको ज्यान गएको छ ।

ग्रीसमा ३३ हजार ७११ संक्रमित थपिँदा ७० जनाको ज्यान गएको छ । हंगेरीमा ६ हजार ४५४ जना संक्रमित थपिँदा ८० जनाको ज्यान गएको छ । मेक्सिकोमा २० हजार ६२६ संक्रमित थपिएकामा ९४ जनाको ज्यान जाँदा युक्रेनमा ६ हजार ६३२ संक्रमित थपिँदा १८७ जनाले ज्यान गुमाएका छन् । भियतनाममा १६९, फिलिपिन्समा ८१, बुल्गेरियामा ७२, दक्षिण कोरियामा ४९ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु