सीसीएमसी को बैठक: पछिल्लो समय देखिएको कोभिड संक्रमण केन्द्रित छलफल

छिनोफानो   शुक्रबार २३, पुष २०७८ ०६:५३

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पछिल्लो समय देखिएको कोभिड संक्रमण केन्द्रित छलफल गरेको छ ।

सिंहदरबारमा आज (शुक्रबार) बसेको बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् । ‘ओमिक्रोन बढ्दैछ’, उनले भने, ‘नाकालाई कसरी चुस्त बनाउने भन्ने विषयमा छलफल भयो । प्रधानमन्त्रीबाट पनि निर्देशन आएको छ । भारतबाट आउनेलाई अहिले स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको छ ।’

कोरोना संक्रमण बढेको अवस्थामा स्मार्ट लकडाउनसम्म जान सकिने बारेमा पनि छलफल भएको उनले बताए । तर अहिले तत्कालै कुनै त्यस्तो निणर्य गर्ने अवस्था नरहेको बताए । ‘निश्चित ठाउँमा हामीले केही कडाइ गर्न सक्छौं’, उनले भने, ‘तर पहिलेजस्तो लकडाउन गर्ने अवस्था हुँदैन । भीड कम हुने क्षेत्रलाई पहिले कडाइ गर्नुपर्ने अवस्था आउन सक्छ ।’ उनले विद्यालयको बिदा लम्ब्याउने हो कि भन्ने विषयमा पनि कुराकानी भएको बताए । तर विभिन्न विकल्पमा छलफल गरेर अर्को बैठकमा यसबारेमा निणर्य गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु