सुदूरमा सक्रिय संक्रमितको संख्या ३०४ पुग्यो

छिनोफानो   आइतबार २५, पुष २०७८ ०९:५२

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुगेको छ । पछिल्लो दिनमा संक्रमण ह्वात्तै बढेपिछि सक्रिय संक्रमितको संख्या पनि बढेको हो । सबैभन्दा बढी सक्रिय संक्रमित कैलाली, कञ्चनपुरमा रहेका छन् । सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण भारतबाट फर्किनेहरुमा छ । यहाँ संक्रमण फेला परेकामध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति भारतबाटै फर्केका हुन । नाकामा एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । 

शनिबार यो प्रदेशमा जम्मा १३३ जनामा संक्रमण पुष्टि हुँदा भारतबाट फर्किएकै १२५ जना छन् । अर्थात जम्मा संक्रमितमध्ये ९४ प्रतिशत व्यक्ति भारतबाट फर्किएका हुन । शनिबार गड्डाचौकीबाट ७१७, झुलाघाटबाट ३५ र गौरीफन्टा नाकाबाट ९३० जना गरी एक हजार ७३२ जना फर्किएका थिए । जसमध्ये एक हजार ३४३ जनाको नाकामा कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ९.३० प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार प्रदेशभरि १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा थपिएका ९७ जना सङ्क्रमित भारतबाटै फर्किएका व्यक्ति हुन । कुल सङ्क्रमितको ६१.३९ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका व्यक्ति रहेका जनाइएको छ । शुक्रबार गड्डा चौकी नाकाबाट ७८८, झुलाघाटबाट ७६ र गौरीफन्टा नाकाबाट ४४८ गरी जम्मा एक हजार ३४५ जना नेपाल फर्किएका थिए । जसमध्ये एक हजार १७८ जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा ८.२३ प्रतिशत अर्थात ९७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

यसैगरी, बिहीबार प्रदेशभरि १२० जना सङ्क्रमित थपिंदा ८९ प्रतिशत सङ्क्रमित भारतबाटै आएका व्यक्ति रहेका थिए । त्यो दिन भारतबाट फर्किएकाहरुको सीमा नाकामा परीक्षण गर्दा १०७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गड्डाचौकी, झुलाघाट, पुलघाट र गौरीफन्टा नाकाबाट गरी जम्मा एक हजार ५१० जना फर्किएकोमा एक हजार २७८ जनाको परीक्षण गरिएको थियो । जम्मा परीक्षण गरिएकामध्ये ८.३७ प्रतिशत व्यक्तिमा कोरोना पुष्टि भएको थियो । 

यस्तै, बुधबार प्रदेशभरि ५५ जना सङ्क्रमित थपिँदा भारतबाट फर्किएकामात्रै ८० प्रतिशत अर्थात ४४ जना सङ्क्रमित थिए । त्यो दिन गौरीफन्टा, गड्डाचौकी र झुलाघाट नाकाबाट एक हजार १८९ जना व्यक्ति नेपाल फर्केका थिए । जसमध्ये एक हजार ३६ जनाको परीक्षण गर्दा ४.२४ प्रतिशत अर्थात ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  यो प्रदेशमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि शुक्रबार बसेको प्रदेश कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सङ्क्रमित व्यवस्थापनका लागि सङ्घ र स्थानीय सरकारसंग सहकार्य समन्वय गरेर अगाडि बढ्ने निर्णय गरेको छ । यस्तै बैठकले नाकामा हेल्थ डेस्क थप सुदृढ बनाउने, सामाजिक संघसंस्था, सुरक्षा निकायसंग समन्वय गरेर आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ । 

यो प्रदेशमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि शुक्रबार बसेको प्रदेश कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सङ्क्रमित व्यवस्थापनका लागि सङ्घ र स्थानीय सरकारसंग सहकार्य समन्वय गरेर अगाडि बढ्ने निर्णय गरेको छ । यसैगरी, नाकामा निर्माण भइरहेका होल्डिङ सेन्टर चाँडै तयार पार्ने र अन्य आवश्यक तयारी पनि गर्ने निर्णय गरेको छ ।  यस्तै बैठकले नाकामा हेल्थ डेस्क थप सुदृढ बनाउने, सामाजिक संघसंस्था, सुरक्षा निकायसंग समन्वय गरेर आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ । 

यो प्रदेशमा जम्मा आइसोलेसन बेड एक हजार ७७२ वटा रहेको छ । यसैगरी, प्रदेशमा कोभिड एचडीयु १२६, आइसीयु ४८ र भेन्टिलेटर २६ वटा रहेको निर्देशनालयले जानकारी दिएको छ । दोस्रो लहरमा अक्सिजनको चरम अभाव भएपछि सेती प्रादेशिक अस्पताल लगायत केही अस्पतालमा थप अक्सिजन प्लान्ट पनि सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म चार लाख ३८ हजार ६८५ जनाको परीक्षण गर्दा ४८ हजार ८१० जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणकै कारण ज्यान गुमाउनेको सङ्ख्या ६१४ पुगिसकेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु