बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० जनाभन्दा धेरैको हत्या

छिनोफानो   आइतबार २५, पुष २०७८ १०:०३

बन्दुकधारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या गरेको स्थानीय बासिन्दाले दाबी गरेका छन् ।

बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिले पुष्टि गर्न बाँकी छ । सयौँ लडाकु मोटरसाइकलमा आएर १० वटा गाउँमा आक्रमण गरेको खबरमा उल्लेख छ । नाइजेरियामा लामो समयदेखि लडाकु समूहले हिंसात्मक गतिविधि गर्दै आएका छन् ।

सरकारी पक्षले ती समूहलाई आतङ्कवादी घोषणा गरी सुरक्षा कारबाही गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु