पश्चिम सेती आयोजनाको अध्ययन गर्न आयोजना स्थलमा पुग्यो सरकारी टोली

छिनोफानो   शनिबार ०२, असोज २०७८ ०५:१८

राष्ट्रिय योजना आयोग र  लगानी बोर्डको टोली बहु प्रतीक्षित आयोजना पश्चिम सेतीको स्थलगत अनुगमनका लागी डोटी पुगेको छ । राष्ट्रिय गौर बको आयोजना पश्चिम सेती जलविद्युत परियोजनाको स्थलगत निरीक्षणका लागि टोली डोटी पुगेको छ ।

राष्ट्रिय योजना आयोग उपाध्यक्ष विश्व पौडेलको संयोजकमा रहेको टोलीमा अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासैनी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदय सापकोटा, लगानी बोर्डका सिइओ सुशील भट्ट, ऊर्जा मन्त्रालयका सह– सचिव मधुप्रसाद भेटवाल, ऊर्जा मन्त्रालयका पूर्व सचिव अनुप कुमार उपाध्याय र  ऊर्जा विद्धहरू सहितको टोली पश्चिम सेतीको मुख्य ड्याम बन्ने ठाउँ आदर्श गाउँपालिका वडा नं। ५ तलारा क्षेत्र तर्फ प्रस्थान गरेको छ ।

पश्चिम सेती निर्माण स्थलगत अनुगमनका लागी टोली डोटी आएको हो । डोटी आई पुगेको टोलीलाई स्थानीयले बाजागाजा सहित स्थानीयले भव्य स्वागत गरेका छन् ।  टोलीमा दुई जना सुदूरपश्चिमका स्थानीय पनि रहेका छन् ।

लगानी बोर्डका सिइओ सुशील भट्ट र पूर्व ऊर्जा सचिव अनुप कुमार उपाध्याय रहेका छन् । भट्ट डडेलधुरा अजयमेरु  गाउँपालिकाका हुन भने उपाध्याय डोटी बोगटान फुड्सिल गाउँपालिका चवराचौताराका हुन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु