ई-पासपोर्टको लागि अनलाइन बुकिङ गरेकाहरुलाई बिहान ७ बजेदेखि सेवा दिँदै विभाग

छिनोफानो   सोमबार २४, माघ २०७८ ०१:४१

काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि-इनरोलमेन्ट गरेकाहरुलाई बिहान सात बजेदेखि सेवा प्रदान गरिने राहदानी विभागले जनाएको छ । पुरानो बुकिङ भएकाहरुलाई बिहान सातबजेदेखि दश बजेभित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउन विभागले अनुरोध गरेको छ । 

यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान सात बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने विभागले जनाएको हो । नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले कामको चापलाई कम गर्न बिहान सेवा दिन थालिएको विभागका सूचना अधिकारी शरदराज अरनले उज्यालोलाई जानकारी दिनुभयो ।

केही समय कोरोनाका कारण रोकिएको सेवा प्रभाव अहिले पुरानै अवस्थामा सञ्चालन भइसकेको छ । यस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु