चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोस्ट नजिकै दुई वर्षको गैँडा मृतावस्थामा फेला

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ १२:२३

चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोस्ट नजिकै काभ्रेतालछेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैंडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैंडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालु आर्थिक वर्षमा दुई चोरी-सिकारी र २२ प्राकृतिक कारणले गैंडा मरेका छन् । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु