सुनचाँदीको मूल्य बढ्यो

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ १२:२९

बुधबार सुन तथा चाँदी दुवैको भाउ बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापावाल सुन ९३ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। 

यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी १२ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको भन्दा चाँदीको मूल्य ५ रुपैयाँले  बढेको हो। 

सोमबार चाँदी प्रतितोला १२ रुपैयाँ ५५ रुपैयाँमा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु