दुर्घटनामा परी गम्भिर घाइते भएका बैतडीका जोसीको निधन

छिनोफानो   आइतबार ०३, असोज २०७८ ०३:२८

 बैतडी : गत बुधबार बैतडीको पाटन ६ मा जिपले मोटरसाईकललाई ठक्कर दिदा गम्भिर घाइते भएका उद्धव जोसीको निधन भएको छ । उपचारका क्रममा काडमाण्डू स्थित न्युरो हस्पीटलमा निधन भएको आफन्त पुस्कर भण्डारीले जानकारी दिनुभयो ।
बुधबारै पाटनबाट जहाज चार्टर गरी नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट पनि हिजो काडमाण्डूका लागि रेफर गरिएको थियो । उपचारका क्रममा आज दिउसो साडे २ बजेतिर उनको निधन भएको हो ।

दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ मा पाटनबाट खोडपेतर्फ आउदै गरेको से १ ज ६३४ नं को जिपले बेडौतीबाट पाटन तर्फ गइरहेको भे ७ प ४३४५ नंको मोटरसाईकललाई बुधबार बिहान ९ः१५ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार ३६ वर्षीय मोटरसाईकलमा पछाडी सवार सोहि ठाँउका ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु