भोलिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर:उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ १२:४०

 अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।पश्चिमी वायुको प्रभावका कारण आज दिउँसाे प्रदेश-१ का केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो। उहाँकाअनुसार भोलिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर पर्ने सम्भावना छ ।

विशेषगरी यो प्रणालीको असर पश्चिमी क्षेत्रमा धेरै पर्ने मौसमविद् शाक्यले बताउनुभयो । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना छ ।

पर्सि भने वाग्मती, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा पनि पानी पर्ने मौसमविद् सजिना शाक्यले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु