महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको निधन

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ १२:४६

दुरदर्शनमा प्रसारित बिआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको निधन भएको छ ।

महाभारत सिरियल बाहेक, प्रवीण कुमारले धेरै बलिउड फिल्महरूमा पनि आफ्नो दमदार अभिनयले फ्यानहरूलाई प्रभावित पारेका छन्। तर महाभारत सिरियलमा भीमको भूमिका खेलेर उनी घर–घरमा चर्चित भए । भीमको चरित्रमा उनलाई निकै रुचाइएको थियो । प्रवीणको निधनको खबरले उनका फ्यानहरु मर्माहत भएका छन् ।

७४ वर्षको उमेरमा प्रवीणले यस संसारलाई सदाको लागि बिदा भए । प्रवीण कुमारको मृत्युको खबरले सबै स्तब्ध भएका छन् । प्रवीण कुमार सोबतीको दिल्लीमा निधन भएको छ । आज उनको पञ्जाबी बागस्थित श्मशान स्थलमा अन्तिम संस्कार गरिने भारतिय संञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु