फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ बिघा जग्गा उपलब्ध गराउने निणर्य

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ १२:५४

धनगढीको फाप्ला अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि सरकारले जग्गा उपलब्ध गराएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ बिघा जग्गा उपलब्ध गराउने निणर्य गरेको हो ।

माघ १० गतेको मन्त्रिपरिषद्को बैठकले निणर्य गरेपनि सोमबार मात्रै पारित भएको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवास शाहीले जानकारी दिए ।

सरकारले जग्गा उपलब्ध गराएपछि शाहीले सरकार र यो अभियानमा सहभागी हुने सबैलाई धन्यवाद दिएका छन् । फाप्ला क्रिकेट मैदानमा धनगढी प्रिमियर लिग (डीपीएल) २०१९ मा सम्पन्न भएको थियो । ७० हजार दर्शक क्षमताको अन्तर्राष्टिय क्रिकेट मैदान बनाउने उदेश्यले सन् २०१५ मा ड्रिम फाप्ला अभियान सुरु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु