सेती अस्पतालको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ ०२:१०

धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलवार १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६७ नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै २४ घण्टामा ४ जना विरामी निको भएर अस्पतालबाट फर्केका छन्। हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये २ जनाको आइसियूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु