जोडियो सहजपुर–बोगटान सडक

छिनोफानो   सोमबार ०४, असोज २०७८ ११:२८

सहजपुर–सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडकमा समावेश गरी प्राथमिकताका साथ सुरु गरेको बोगटान सडकको ट्र्याक जोडिएको छ । २०३८ सालमा भएको ‘राष्ट्रिय पञ्चायत’को निर्वाचन देखी चर्चामा आएको बहुप्रतिक्षित  बोगटान सडक आइतबार ट्र्याक जोडिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनु भएको छ ।


बडीकेदार गाउँपालिका वडा नं. ५ लानाकेदारेश्वर र बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ का बिचमा बाँकी रहेको सडक भागमा सडक निमार्ण भएपछि आइतबार साँझ ६ ः३० बजे निमार्ण कार्य सकिएकोबोगटान फुड्सिल गाउँपालिका वडा नं. १ का अध्यक्ष डम्मर घर्तिले जानकारी दिए ।


मुख्यमन्त्री त्रिलोचन भट्टले सो सडक खण्डको काम छिटो भन्दा छिटो जोड्नका लागी पटक पटक अनुगमन समेत गरेका थिए । मुख्यमन्त्री भट्टको बिषेश  पहलमा सो सडक खण्डको काम छिटो भएको स्थानीयबासी को भनाई छ । 


डोटीको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा ठुलो सहजपुर–बोगटान सडकले  पूर्णता पाएपछि बोगटानमा खुसी छाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडकमा समावेश गरी प्राथमिकताका साथ बजेट विनियोजित गरेपछि बोगटान सडकले पूर्णता पाएको पूर्वाधार विकास कार्यालय डडेलधुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।


कैलालीको सहजपुर, बिनिगर, अत्तरकाँडा, सिमचौर,चवराचौतारा, गगुुडा, तिखात्तर, बासुदेबी, वायल, रानागाउँ हुँदै राजपुर जोडिएको छ ।  बोगटान सडक निर्माण कार्यक्रम अन्तरगत डबल कटिङ, पर्खाल  निर्माण, नाली निर्माणको काम समेत भइरहेको उक्त सडकको ट्र्याक जोड्ने काम भइरहेको  कार्यालय प्रमुख खत्रीले बताउनु भएको छ । खत्रीले भने ‘यो ट्र्याक पहिले नै जोडिन्थ्यो रक (बलियो चट्टान) लागेपछि केही ढिला भयो ।’


सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड ८३ लाख रुपैयाँको खड्काकृष्ण, बगलामुखी र पवन निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन । उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडीकेदार, केआईसिंह, जोरायल गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।


यस्तो छ बोगटान सडकको राजनैतिक कथा ?
२०१५ सालपछि धनगढीबाट दिपायलका लागि सडक काट्ने काम सुरु भएको थियो ।  ‘धनगढी–दिपायल (डिडी) सडक’को नामले काटिन सुरु भएको सडक पञ्चायत कालमा तत्कालीन डडेलधुराका नेताहरूको पहुँचका आधारमा ‘धनगढी–डडेलधुरा–दिपायल(डिडीडी)’ नामाकरण गरेर काटिएको थियो । जसले सो सडकले बोगटान क्षेत्र जोड्न सकेन् ।


२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण कार्य सुरु भयो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति भरत बहादुर खड्काले सडकको शिलान्यास गरेका थिए ।


२०४८ सालमा आमनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सिद्ध राज ओझाले यही सडकलाई प्रमुख एजेण्डा बनाए । स्वर्गीय ओझा भूमिसुधार सहायक मन्त्री बने तर सडक बनेन् ।   सिद्धराज ओझाले २०४८, २०५१ र २०५६ सालसम्म निर्वाचन जिते । त्यस क्रममा उनी पटक–पटक मन्त्री पनि भए । उता सडक निर्माणको गति भने निकै सुस्त रह्यो ।


२०६४ साल तत्कालीन नेकपा माओवादीका तर्फबाट संविधान सभा सदस्यमा विजयी उम्मेदवार खेम बमले  न संविधान  लेख्न मै सफल भए न बोगटान सडक निर्माण कार्यमा नै ।  २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ५० लाख  पावर बजेट हालेपनी हात्तीको मुखमा जिरा जस्तै भयो ।


२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा यो सडक फेरी डोटी क्षेत्र नम्बर–२ का उम्मेदबारहरुको साझा र प्रमुख एजेण्डा बन्यो । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर आलेमगरले यही एजेन्डा उठाएर  कार्यकाल भरी जसरी पनि सडक बनाउने कसम खाए । सजपुर–अत्तरकाँडासम्म कालोपत्रेको काम सुरु त भयो तर सडक अझै जोडिन सकेन ।


२०७४ सालको प्रदेश सघंको निर्वाचनमा पनि यो एजेन्डा छुटने कुरै भएन । सबै उम्मेदवारको साझा र प्रमुख एजेन्डा बन्यो । तत्कालीन बाम गठबन्धनका उम्मेदवारहरूले यो एजेन्डा लिएरै बिजयी मध्य प्रदेश सभा ‘ख’का विजयी उम्मेदवार त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भए र उक्त सडक प्रदेश गौरवको योजनामा समावेश भयो ।

प्रदेश गौरवको सडकमा परेसंगै ट्र्याक जोड्ने काम सम्पन्न भएको छ सडक सम्पन्न मात्रै होइन बोगटानी जनतालाई सधैँ झुक्याउने एक राजनैतिक ऐजेण्डाको अन्त्य भएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु