सेती प्रदेशिक अस्पतालमा हेलमेट चोर को बिगबिगी:

राजन जैगडी   सोमबार ०४, असोज २०७८ ११:०८

सेती प्रदेशिक अस्पतालमा चोरहरुको बिगबिगी बढेको छ । मंगलबार सांझ करीब ८ बजे को समयमा  प्रदेशिक अस्पतालमा बिरामी भेट्न गएका एक जना पत्रकार को हेलमेट चोरी भएको हो । पिडितका अनुसार  विरामी भेटेर फर्केको आधा घण्टा मै चोरी भएको जानकारीमा आएको छ ।

प्रहरीले  अस्पतालका सिसिटिभी क्यामेरा का आधारमा चोरको खोजी कार्य भईरहेको तर  अस्पतालका केही सिसिटिभी क्यामेरा ले मर्मत अभावका कारण काम नगरेको बताएका छन् । दिनहु चोरीका घटना बढ्ना ले जनमानसमा  चिन्ताका साथै अस्पतालमा खटिने सुरक्षाकर्मीलाई चुनौती बढेको छ । अस्पतालमा मोवाइल चोरहरुको पनी बिगबिगी रहेको विरामी कुरुवाहरुको गुनासो रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु