कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना भारतीय पक्राउ

  मङ्गलबार ०५, असोज २०७८ ०१:५७

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् ।

नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।

पक्राउ गरेर ती व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु