ठेकेदारको मनमर्जी : सम्झौक्ता नहुदै खुटिया नदिमा नदिजन्य पदार्थ निकासी

पवन भण्डारी   बुधबार ०६, असोज २०७८ ११:२६

पवन भण्डारी,धनगढी । कैलालीको गोदावरी नगरपालीकामा रहेको खुटीया खोला बाट अबैध रुपमा नदि जन्य पदार्थ निकासी भएको छ । खोलामा रहेका ढुंगा बालुवा गिटी निकासाका लागी नगरपालीका सँग सुम्झौक्ता गर्नु पर्ने भए पनि ठेकेदारले मनमर्जी रुपमा बिल काट्दै नदि जन्य पदार्थ उत्खलन सुरु गरेको हो । 


गोदावरी नगरपालीकाले नदि जन्य पदार्थ उत्खलनका लागी टेन्डर आब्हान गरेको भएपनि सम्झौक्ता हुनु पुर्व नै ठेकेदारले उत्खन गरि बिक्रि सुरु गरेको पाईयको हो । यसरी सम्झौक्ता हुनु पुर्व नै उत्खलन सुरु गर्नुमा गोदावरी नगरपालीकाका कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतो हुन सक्ने अनुमान गर्न सकिन्छ । 


नदि जन्य पदार्थ उत्खलन सुरु भएको हल्ला सुने पछि आफुहरु पनि नदिमा ढुंगा ल्याउन गएको र टयाक्टर भरिसकेपछि प्रहरीले लिन नदिदा फेरि नदिमै छोडेर आफु फर्किन लागेको एक चालकले बताए ।


 उनले बिहान देखि थुप्रै टयाक्टरहरु भरेर गई सकेको बताए । मंगलबार बिहानै देखि  भवानी कन्ट्रक्सन प्रालीले रसिद काट्दै निकासी गर्दै गरेको भए पनि पछि प्रहरीले निकासीमा रोक लगाएको थियो । नगरपालीका सँग सम्झौत्ता नभएको भन्दै प्रहरीले रोक लगाई सकेपछि पछि दिनको करिब २ बजे तिर मात्र नगरपालीका सँग सम्झौक्ता भएको भएको छ । 


तर सम्झौक्ता हुनु पुर्व नै नदि जन्य पदार्थ उत्खलन धमाधम हुनुले गोदावरी नगरपालीका को निकै कमजोरी देखिन्छ । ठेकेदारले प्रति ट्राली ४ सय ५० रुपैया लिने गरेको चालकहरु बताउछन । उनले पहिले को भन्दा यो बेला ५० रुपैया बढि लिएको  बताए । 


यता गोदावरी नगरपालीका का निमिक्त कार्यलय प्रमुख बसन्त कुमार खत्रीले ठेकेदार पक्षले आफनो डकोमेन्ट समय मै नबुझाउदा ढिलो भएको बताए । उनले आज मात्रै ६ करोड २२ लाँख २ सय २२ रुपैयामा भवानी कन्ट्रक्सन प्राली सँग सम्झौक्ता भएको बताए । 

उनले भने नदिमा बिहानै देखि उत्खलन भईरहेको भन्ने बारे आफुहरु लाई जानकारी हुना साथ प्रहरी परिचालन गरि रोकेको बताउदै आफुहरु ठेकेद्धार को बिल समेत प्रमाणिकरण नगरेको बताए । खत्रीले बिहान यदि निकासा भएको भए त्यो ठेकेद्धारले अबैध रुपमा गरेको बताए । 


नगरपालीका सँग सम्झौक्ता बिना नै ठेकेदारले नदिजन्य पर्दा उत्खलन गर्दा समेत गोदावरी नगरपालीका मोैन बस्नुले नागरिकमा संका उत्पन्न गरायको छ । तसर्थ यस बिषयमा समन्धीत निकायले गम्भीर रुपमा सोच्न आवश्यक देखिन्छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु