नेकपा अछाम द्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार

  सोमबार २१, भदौ २०७८ ०९:३६

अछाम 
नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान अन्तर्गत अछाम को रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै १५ सदस्यीय गाँउ कमिटी निर्माण गरिएको हो।
  कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति अछाम का सचिव तपेन्द्र तिमिल्सिना संघर्ष प्रमुख अतिथि रहनुभएको थियो। उहाँले, एम सी सी परियोजना नेपाल र नेपाली को हितमा नभएको, यसले राष्ट्र राष्ट्रियता र स्वाधिनतालाई गम्भिर संकटमा पार्ने भएकाले त्यसको विरुद्धमा आफूहरु जस्तो सुकै मूल्य चुकाउन तयार रहेको त्यसका लागि सबै देश भक्त नागरिकहरुले साथ दिन अपिल गर्नु भएको छ।

 वर्तमान समयमा दलाल सरकार र त्यसका सञ्चालकहरु एम सी सी परियोजना लागु गर्न मरीहत्य गरिरहेको प्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रियता को सवालमा गम्भिर हुन चेतावनी समेत दिनु भएको छ। उहाँले वर्तमान समयमा स्थानिय सरकार भ्रष्टाचारको अखडा बन्दै गएको भन्दै यसको बिरुद्धमा आफ्नो पार्टी कडा संगर्ष सहित सशक्त प्रतिरोध गर्ने  चेतावनी समेत दिएका छन।

सरकारनै दलाली र भ्रष्टाचारमा व्यस्त हुँदा देश लाई संकट बाट बचाउने जिम्मेवारी आफ्नो पार्टीको कादमा आएकोले आफु रगत बगाएर भए पनि पुरा गर्ने बताउनु भएको छ। उहाँले नव गठित कमिटीलाई प्रशिक्षण दिँदै  संगठन बिस्तार अभियान लाई तिब्रता दिने प्रतिबद्धता सहित नव गठित कमिटिलाई बधाई तथा शुभकामना समेत दिनु भएको थियो।
 उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य तथा आर्थीक विभाग प्रमुख निरक शाही, रामारोशन गाउँपालिका ईन्चार्ज विज्ञान अतिथी हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन रामारोसन गाउँपालिका सचिव सुरेश साउदले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु