बैतडीमा एक व्यापारीको शव फेला,  पाँच जना प्रहरी नियन्त्रणमा

छिनोफानो   बिहिबार ०७, असोज २०७८ ०२:२४

बैतडीमा एक व्यापारीको शव फेला परेको छ। जिल्लाको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्।उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। प्रहरीलाई खबर गरे पश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको थियो। मृतक महराको  टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । 
हाल प्रहरीले अनुसन्धानका लागि  पाँच जना स्थानीयलाई नियन्त्रणमा लिएको छ। प्रहरीले  नियन्त्रणमा लिएकाहरुको नाम भने खुलाएको छैन। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडी ले जानकारी दिएको छ। । 
घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने, स्थानीयले माग गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु