स्थानीय तहको निर्वाचनका लागि ६७६ निर्वाचन अधिकृत तोकिए

छिनोफानो   आइतबार १३, चैत २०७८ १२:३१

आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ ।२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले गोरखापत्रमा आज प्रकाशित सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आयोगले निर्देशन समेत दिएको छ ।

निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना, सरुवा वा अन्य कुनै कारणले फरक परे हाल कार्यरत रहेको कार्यालयले पठाई दिन समेत आयोगले आग्रह गरेको छ ।

आज अन्तिम मतदाता नामावली सार्वजनिक गरिंदै, दुई करोड मतपत्र छापिने
निर्वाचन आयोगले मतदाता नामावली आज (आइतबार) सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ ।

आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निणर्य गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई छाप्ने मेशिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘यसअघि अनौपचारिक छलफल भइरहेको थियो । शुक्रबार मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने निणर्य भएको छ । आवश्यक मेशिन, स्रोत साधान दुरुस्त राख्न निर्देशन दिने भन्ने भएको छ’, उनले भने ।

उनकाअनुसार करिब दुई करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु