प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने

छिनोफानो   सोमबार १४, चैत २०७८ ०४:००

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको औपचारिक भ्रमणबारे पुष्टि गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा पत्नी आरजुसहित प्रधानमन्त्री देउवाले नेपाली टोलीको नेतृत्व गर्दै चैत १८ गते छिमेकी देश भारत जानेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ ।

भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो । उनी तीन दिने औपचारिक भ्रमणपछि आइतबार स्वदेश फर्किने छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु