१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ

छिनोफानो   सोमबार १४, चैत २०७८ ०४:१४

एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई पक्राउ गरिएको हो ।
कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बाख्रा चराएर घर फर्कने क्रममा बालिकाले आफू बलात्कृत भएको जानकारी अभिभावकलाई गराएपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका पुरुषविरुद्ध बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु