भन्सार कार्यलय परिसर बाटै सवारी साधनका पाटपुर्जा गायब

पवन भण्डारी   शुक्रबार ०८, असोज २०७८ १२:४१

पवन भण्डारी,धनगढी–कैलाली भन्सार कार्यलयमा रहेका लिलामी प्रक्रिया नहुदा थन्कीय सवारी साधनको सामान चोरी भएपनि भन्सार कार्यलय यस बारे बेखबर रहेको छ । सिसिटिभी र ससस्त्र प्रहरीको सुरक्षा घेरा भित्र बाटै सवारी साधानका बिभिन्न पाट पुर्जाहरु गायब हुनुमा भन्सार कार्यलयका कर्मचारी र ससस्त्र प्रहरीको मिलेमत्तो रहेको आरोप लाग्ने गरेको छ । 


भन्सार कार्यलयमा गत आर्थीक बर्षमा बिभिन्न ५ सय ६६ मुद्धा  दर्ता भएका छन । ति मध्ये २ सय ४० मुद्धा  ८१ लाँख ८० हजार २ सय ६६ मा लिलामी भएका छन भने बाकी ३ सय २६ मुद्धाको लिलामी अझै हुन सकेको छैन । भने चालु आर्थीक बर्षको हाल सम्म करिब १ सय १९ मुद्धा दर्ता भएका छन भने अहिले सम्म ३५ मुद्धा मात्र लिलामीमा गएको अरु सबै बाकी रहेको भन्सार कार्यलय कैलालीका भन्सार अधिकृत फणीन्द्र खतिवडाले बताए । 


भन्सार अधिकृत खतिवडाले भन्सारमा जफत भएका सामानहरु लिलामी गर्ने कार्य नियमीत नै भएको तर सड्ने गल्ने समानहरुको छिट्टै लिलामी गरिने र अन्य सामाग्रीको कानुनी प्रक्रिया पु¥याउन केहि समय लाग्ने गरेको उनले बताए । उनले कोभिडको कारणले लिलामी प्रक्रिया केहि ढिलो भएपनि छिटै सुरु गर्ने बताए । 


गत बर्ष देखिनै लिलामी प्रक्रिया नहुदा करोडौको राजश्व गुमेको छ । बिभिन्न मुद्धामा परेका सवारी साधनहरु सड्ने अवस्थामा समेत पुगेका छन । तर लिलामीको लागी राखीयका सवारी साधनहरुको पाटपुर्जा गायब हुदा पनि आफुलाई कुनै जानकारी नभएको भन्सार अधिकृत खतिवडाको भनाई छ । 


भन्सार कार्यलय कैलालीको सुरक्षाका लागी ससस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना समेत गरियको छ । तर कडा सुरक्षाका बिच बाटै सवारी साधनका सामानहरु गायब हुनुमा ससस्त्र प्रहरी र भन्सारका कर्मचारीको मिलेमतो रहेको देखिन्छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु