सुनसरीमा बम विष्फोट हुँदा दुई जना घाइते

छिनोफानो   मङ्गलबार १५, चैत २०७८ ११:३३

सुनसरीको इटहरी-२ स्थित नव जागृति टोलमा गए राति साढे १० बजेतिर सुतली बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । विष्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।
घाइते दुवैको अहिले उपचार भइरहेको छ । थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

‘पड्काएको भन्दा पनि बम आफैं पड्किएको रहेछ, दुवै जना अहिले सुरक्षित छन्’ जिल्ला प्रहरी कार्यलयका एसपी सञ्जयसिंह थापाले भने, ‘अरु विषय त अनुसन्धान हुँदैछ ।’ विष्फोटपछि घटनास्थलबाट प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चा भेटिएको जनाएको छ ।

एसपी थापाका अनुसार उक्त पर्चा विष्फोटमै पर्नेमध्येका एकले ल्याएका थिए । विष्फोट भने कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थापाले बताए । हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र युद्ध घोषणा गरेको संगठन हो । जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

संघीयता खारेज, पाँच विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत-चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनु पर्नेलगायतका माग यो सङ्गठनले राखेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु