नेपाली कांग्रेसले गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे आज निर्णय गर्ने

छिनोफानो   मङ्गलबार १५, चैत २०७८ ११:३८

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे आज ९मंगलबार० निर्णय गर्ने भएको छ । कांग्रेसले आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकबाट गठबन्धनबारे निर्णय गर्न लागेको हो ।
नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण मतहतले स्थानीय तह निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आजको केन्द्रीय समिति बैठकबाट निर्णय हुने जानकारी दिएका छन् । आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति कांग्रेसले लिएको छ ।

यद्यपि गठबन्धन गर्न नहुने तर्कसहितको मत पनि केन्द्रीय समितिमा आएको छ । अधिकांश कांग्रेस केन्द्रीय सदस्य सत्तारुढ दलहरुबीच गठबन्धन गरेर चुनावमा जानु पर्ने पक्षमा देखिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धन गरेर चुनावमा जानु पर्ने पक्षमा रहेका छन् ।

यता कांग्रेस नेता शेखर कोइराला भने गठबन्धनको विपक्षमा रहेका छन् । यस्तै शंशांक कोइराला पनि स्थानीय तहमा गठबन्धन गर्न नहुने तर, प्रदेश र संघमा सोच्न सकिने पक्षमा छन् । यस्तै कांग्रेसका दुई महामन्त्रीमध्ये गगन थापा गठबन्धनको विपक्षमा छन् भने विश्वप्रकाश शर्मा भने गठबन्धनको पक्षमा देखिएका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने वर्तमान सत्ता गठबन्धनका दलहरुसँग तालमेल गरेर चुनावमा जानुपर्नेमा दृढ देखिएका छन् । त्यसैले केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धन गर्ने भनेर आधिकारिक निणर्य लिने अनुमान छ ।

बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ । संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु