६ एसपी र ३६ डिएसपीको सरुवा

छिनोफानो   मङ्गलबार १५, चैत २०७८ ११:४५

प्रहरी प्रधान कार्यालयले ६ एसपी र ३६ डिएसपीको सरुवा गरेको छ । सरुवामा तीन जिल्ला तथा विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरू फेरिएका छन् । जसअनुसार मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेश्वर यादव र पश्चिम नवलपरासीमा ऋषिराज कँडेललाई पठाइएको छ ।
सिन्धुपाल्चोक पठाइएका एसपी यादव मातहतबाट संगठित घुस उठाएको आरोपमा गत वर्ष निलम्बन परी विभागीय कारबाही भोगेका अधिकृत हुन् । डिएसपी सरुवामा विभिन्न कार्यालयका प्रमुख फेरिएका छन् । इप्रका कोहलपुरमा ऐनबहादुर मल्ल, लहानमा कुमारप्रसाद मैनाली, इप्रका काँकडभिट्टामा ज्ञानकुमार महतो, इप्रका दमकमा दिलीप गिरी, वडा प्रहरी कार्यालय बैदाममा युवराज भण्डारीलाई पठाइएको छ ।

त्यस्तै, इप्रका टाँडीमा रविनबाबु रेग्मी, इप्रका बर्दिबासमा रवि रावल, इप्रका अनारमनीमा रुगमबहादुर कुँवर, इप्रका पथरीमा वेदप्रसाद गौतम, जनसेवा वृत्तमा शालिकराज शर्मा, इप्रका चन्द्रनिगाहपुरमा सन्तुलालप्रसाद जैसवाल र ठिमी वृत्तमा हरिनन्दन चौधरीको सरुवा भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु