बिमस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि नेपाल प्रतिबद्ध: प्रधानमन्त्री देउवा

छिनोफानो   बुधबार १६, चैत २०७८ ०२:५८

प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका छन् । बुधबार बिहान बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।उनले भने, ‘हामीले बुद्धदर्शन ९धर्म० लाई बलियो समन्वयात्मक सूत्रको रुपमा प्रर्वद्धन गर्नु आवश्यक छ ।’ देउवाले जलवायु परिवर्तनका सम्बन्धमा कडा कदम चाल्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोडेर बौद्ध सर्किट स्थापनाका लागि क्षेत्रीय संगठन आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० सदस्य देशलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य देशलाई बौद्ध दर्शनले आपसमा जोड्नुपर्ने बताएका छन् । ‘बिमस्टेक सदस्य देशका मठमन्दिर, पुरातात्विक स्थल, पर्यटकीय स्थल र साहसिक मनोरञ्जन स्थललाई जोडेर पर्यटकीय सर्किट संचालनमा ल्याउने कदमको नेपालले स्वागत गर्छ’ देउवाले सम्बोधनमा भने ।उनले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिए । प्रधानमन्त्री देउवाले बिमस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु