गठबन्धन भए पनि भरतपुर महानगरपालिकामा माओवादीको दाबी रहन्छ : प्रचण्ड

छिनोफानो   बुधबार १६, चैत २०७८ ०३:०५

 पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने बताएका छन् । गठबन्धन भए पनि भरतपुर महानगरपालिकाको मेयरमा पनि माओवादीको दाबी रहने उनले बताएका छन् ।

भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘अब स्थानीय चुनावमा आवश्यक तालमेल हुन्छ ।’ नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल हुन सक्ने निर्णय गरेको थियो ।

‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने छलफल चलेको छ । भोलि हाम्रो गठबन्धनको बैठक बस्दै छ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निणर्यमा पुग्छौं । तालमेलकै निणर्य हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ,’ प्रचण्डले भने ।

यसअघिको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । माओवादीबाट दाहालकी छोरी रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् भने कांग्रेसकी पार्वती शाह उपमेयरमा निर्वाचित भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु