ओली आज जुम्ला र कालीकोट जाँदै

छिनोफानो   बिहिबार १७, चैत २०७८ १०:१६

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) जुम्ला र कालीकोट जाँदैछन् ।
त्यसका लागि ओली बुधबार साँझ नै नेपालगञ्ज पुगिसकेका छन् । बिहीबार बिहान हेलिकोप्टरमार्फत् ओली जुम्ला र कालिकोट जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देश दौडाहामा रहेका ओलीले आज जुम्लाको सिंजा र कालीकोटमा एमालेले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जुम्ला र कालीकोटबाट अन्य पार्टी परित्याग गरी धेरै नेता-कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका एमाले जुम्लाले जनाएको छ । उनीहरुलाई ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु