कैलालीमा अज्ञात समुहको पासोमा परी चितुवाको मृत्यु

  बिहिबार १७, चैत २०७८ १०:५९

कैलाली । कैलालीमा अज्ञात समुहले थापेको पासोमा परेर चितुवा मरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा पासोमा परी चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

चितुवा बिहीबार विहान पासोमा परेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए । 'पासोमा परेको उक्त चितुवाको उद्धार टोलीले काम गर्न नपाउदै चितुवा मर्यो', उनले भने, 'उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ चितुवा मरेको हो ।'

मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको छ । मुचुल्का उठाएर सुरक्षित स्थानमा गाडिने र पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु