विप्लव नेकपा सहित २२ दलीय गठबन्धन  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिने

  मङ्गलबार २२, भदौ २०७८ ०३:५७

‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २२ दलीय गठबन्धन  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका छन् ।सरकारले एमसीसी जसरी पनि संसद्‌बाट अनुमोदन गराउने तयारी थालेपछि २२ दलीय संगठन विरोधमा उत्रिएका हुन् ।

२२ दलीय संगठनले २३ गते बुधबार मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजीको आन्दोलनको ब्यानरमा संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।एमसीसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसीसी उपाध्यक्ष फतिमा सुमार आज काठमाडौँ आउँदैछिन् । भोलिबाट२२ दलीय संगठनले विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले बाक्लो जनसहभागितामा एमसीसी खारेजीको लागि कार्यक्रम गरिने निर्णय समेत गरेका छन् ।सरकारले एमसीसी जसरी पनि संसद्‌बाट पारित गराउने तयारी थालेपछि देशभर उच्च सुरक्षा कडाई गर्न  गृह मन्त्रालय बाट आदेश जारि गरिएको छ  । संसद्‌मा एमसीसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएको हो  ।उच्च स्रोतकाअनुसार एमसीसीविरुद्ध आन्दोलन भइरहेको भन्दै मन्त्रालयले यो महिनाभरि नै चारवटै सुरक्षा निकायलाईहाइ अलर्टमा रहन निर्देशन कासाथैएमसीसी र भारतको विरोध नगर्न चेतावनी समेत दिएको छ ।
 

एमसीसीको विरोधमा उत्रिएका दलहरू नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी ,नेकपा (संयुक्त राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च नेपाल रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु