आज थप १४ सय ७६ जनामा कोरोना संक्रमण, ९ जना को मृत्यु:

छिनोफानो   शुक्रबार ०८, असोज २०७८ ०६:०७

काठमाडौं :१५ हजार ६९० नमूना परीक्षणमा १४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड) १९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ५७५ नमूनाको पीसीआर र ५ हजार ११५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ११ सय ३ र एन्टिजेन विधिबाट ३७३  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। 

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८१ पुगेको हो। मन्त्रालयका अनुसार शुक्रबार थप १५ सय ५० जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या २०२८७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३४७ जनाको भेन्टिलेटरमा र १०५ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १७२५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु