बैतडीमा व्यापारी हत्याको आरोपमा पक्राउ गरिएका चार जनालाई प्रहरीद्धारा सार्वजनिक

छिनोफानो   शुक्रबार ०८, असोज २०७८ ०६:१५

बैतडीको सुर्नया गाउँपालिका–४ का व्यापारी कमलसिंह महराको हत्याको आरोपमा पक्राउ गरिएका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र  रामबहादुर महरालाई प्रहरीले आज सार्वजनिक गरेको हो । यसअघि प्रहरीले सात जनालाई नियन्त्रणमा लिएकोमा अन्य तीनजनाको संलग्नता तत्काललाई नदेखिएकोले छाडिएको बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए । सार्वजनिक गरिएका चारैजनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र महराको शव जिल्ला अस्पतालमा परीक्षण पश्चात आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु